सोमबार, पुष ०८, २०८१

ब्राजिलमा भएको विमान दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु


काठमाडौँ, ७ पुस :  दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

विमान एउटा भवनको चिम्नीमा ठोक्कियो र त्यसपछि फर्निचर स्टोरमा खस्यो,” रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

नागरिक सुरक्षाले नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्,” राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले एएफपीलाई बताउनुभयो । कम्तिमा १५ जनालाई अस्पताल लगिएको थियो, जसमध्ये अधिकांश घाइते भएका थिए ।

विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय सहर क्यानेला नगरपालिकाबाट उडेको थियो । ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक सहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय आगमन हुन्छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading