सोमबार, पुष ०८, २०८१

‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई


गण्डकी, १० मङ्सिरः साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आगामी शनिबार उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

समितिका अध्यक्ष कृष्ण गिरीका अनुसार साहित्यकार कल्याण पन्तको संयोजकत्वमा छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो । सम्पर्क समितिका संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थापित उक्त पुरस्कारको राशि रु दश हजार र सम्मानपत्र रहेको छ । साहित्यकार समीपका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) प्रकाशित छन् । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading