बुधबार, पुष १०, २०८१

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको बाढी-पीडितलाई सात लाख ७७ हजार सहयोग


२९ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढी-पहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ । महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा बाढी-पीडितालाई सहयोग गरेकामा सङ्गठनका पदाधकारीपति कृतज्ञता ज्ञापन गर्दै अध्यक्ष दाहालले जनताका समस्या समाधानका निम्ति आफ्नो पार्टीले सधैँ अग्रमोर्चामा रहेर काम गरेको उल्लेख बताउनुभयो ।

पुनःस्थापनाका कामले अझै गति नलिएकामा चिन्ता व्यक्त गर्दै उहाँले दुई वर्षअघिका भूकम्पपीडित तथा हालैको बाढी-पहिरोबाट पीडित भएकालाई समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताउनुभयो ।

सहायता रकम प्रदान गर्न महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासङ्घ र सङ्गठनका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading