पोखरा, पुस २३ : राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस-एमाले गठबन्धनले गण्डकीमा उम्मेदवारी दर्ता गरको छ । कांग्रेसबाट अन्यमा तनहुँका जगत तिमिल्सिना र एमालेबाट महिलामा गोरखाकी सम्झना देवकोटाले मनोनयन दर्ता गरेका हुन् ।
गण्डकीमा अन्यतर्फ तत्कालीन माओवादीका नारायणकाजी श्रेष्ठ र महिलातर्फ एमालेकी भगवती न्यौपानेको कार्यकाल २० फागुनमा सकिँदै छ । अन्यतर्फ उम्मेदवार दिएका तिमिल्सिना कांग्रेस निकट प्राध्यापक संघका केन्द्रीय अध्यक्ष हुन् । उनले संघमा राजीनामा बुझाएर चुनाव लड्दैछन् ।

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले केन्द्रीय सभापतिको निर्देशनमा तिमिल्सिनालाई उम्मेदवार बनाएको बताए । उनले भने, ‘उहाँको नाममा गण्डकीबाट कसैको प्रस्ताव पनि छैन, कसैको सिफारिस पनि छैन । सिधै सभापतिको निर्देशनमा भएको हो ।‘
यसअघि राष्ट्रिय जनमोर्चाको तर्फबाट शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटाले उम्म्दवारी दर्ता गरिसकेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट मनाङका कपिल लामा र कास्कीकी गोमा घिमिरेले उम्मेदवारी दिने तयारी छ ।
– दीपक परियार
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















