12/25/2025, 22:40:16
बिहिबार, पुष १०, २०८२

पुस १४ गते आयोगमा बयान दिन जान्छु : रमेश लेखक


ललितपुर, पुस १० : पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई लेखकले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु‘, लेखकले भने ।