02/25/2026, 00:10:43
मङ्गलबार, फागुन १२, २०८२

नागरिक समाजका अगुवासँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री


काठमाडौँ, मङ्सिर १ गते । प्रधानमन्त्री सुशीला कार्कीले २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समुचित वातावरण निर्माण गर्ने उद्देश्यले नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँग अन्तर्क्रियामा सुरु गर्नुभएको छ।

यसअघि उहाँले राजनीतिक दलका शीर्ष नेताहरू, जेन–जी समूहका प्रतिनिधि तथा सातै प्रदेशका मुख्यमन्त्रीसँग समेत छलफल सम्पन्न गरिसक्नु भएको छ।

सरकारद्वारा तय गरिएको निर्वाचन पूर्वतयारी प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको यस अन्तर्क्रियामा नागरिक समाजको भूमिकाबारे विस्तृत विचार–विमर्श गरिने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो।

आजको अन्तर्क्रियामा नागरिक समाजका अगुवा/प्रतिनिधिहरूमा इन्द्र अधिकारी, सुबाेधराज प्याकुरेल, जेबी. विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेहा शर्मा, दोवन राई, नयनतारा गुरुङ, निर्गा नवीन, विजय तिमिल्सिना, खगेन्द्र सङ्ग्रौला, तुलानारायण शाह, रेवन्ती कार्की, शिशिर उप्रेती, डा. दीपेश घिमिरे र राजुप्रसाद चापागाईं सहभागी हुनुहुन्छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..