काठमाडौँ, कात्तिक २० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार बिहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गर्नुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीको उक्त घर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनीमा परेको थियो।
यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गर्नुभएको थियो।
त्यस्तै, अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुरको बागडोलस्थित निवासको अवस्था बुझ्न पुग्नु भएको थियो। त्यस क्रममा डा. यादवसँग उहाँले भेटवार्ता पनि गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













