सोमबार, पुष ०८, २०८१

लरेन्स बिश्नोईले बाबा सिद्दिकी हत्याको जिम्मेवारी लिएपछि, सलमानको सुरक्षामा कडाइ


२८ असोज, काठमाडौं । भारतको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा महाराष्ट्र राज्यका पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यामा गुन्डा नाइके लरेन्स बिश्नोईको गिरोह जोडिएपछि बलिउड अभिनेता सलमान खानको सुरक्षामा कडाइ गरिएको छ। बलिउडसँग निकट सम्बन्ध रहेका तथा सलमानका सहयोगीसमेत रहेका बाबालाई शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको हो। जसको जिम्मेवारी सलमानलाई ज्यान मार्ने धम्की दिइरहेको लरेन्स बिश्नोईको समूहले लिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार लरेन्स बिश्नोई गिरोहका सदस्य शुभु लोन्करले बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएका हुन्। शुभुले सामाजिक सञ्जालमार्फत स्पष्ट रूपमा सलमान खानको पनि नाम लिएका छन्। जसमा उनले जसले सलमान वा दाउद गिरोहलाई सहयोग गर्छ उसले आफ्नो ख्याल राख्नुपर्ने चेतावनी दिएका छन्।

त्यसयता सलमानको सुरक्षामा थप कडाइ गरिएको हो। उनीसँगै उनको घरको सुरक्षा पनि बढाइएको छ। इन्डिया टुडेको रिपोर्टअनुसार सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा गार्ड तैनाथ गरिएको छ। यसैबीच बाबा सिद्दिकी हत्याको जिम्मेवारी लिएपछि लरेन्स बिश्नोईले जेलबाटै भिडिओ कलमा कुरा गरेको भिडिओ भाइरल भइरहेको छ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading