घोराही, असोज १४ : दाङको कालाकाटे–सिक्टा हुलाकी मार्गको छेउमा प्रतापपुर गाउँ छ । राजपुर गाउँपालिका–३ अन्तर्गत पर्ने प्रतापपुरमा करिब ६७ घरपरिवार बसोबास गर्दछन् । ६७ घरधुरीका करिब चार सय जनसङ्ख्या रहेको उक्त गाउँमा अधिकांश यादव समुदाय छन् ।
पशुपन्छीको वध गर्नु पाप ठान्ने सो समुदाय कसैले माछामासु खाँदैनन् । हिन्दु धर्ममा विश्वास राख्ने समुदाय दैनिक पूजापाठ र साविक भोजन गर्दै आएका छन् । प्रतापपुर गाउँ निवासी द्वारिकाप्रसाद यादवका अनुसार यादव समुदायमा परापूर्वकालदेखि नै पुस्ताले सिकाएको जीवनशैलीलाई अनुशरण गर्दै आएको र माछामासु र जाडरक्सी नखाने प्रचलन छ ।
उहाँका अनुसार स्थानीयले माछा, मासु नखाने मात्र होइन मासुका रूपमा प्रयोग गरिने बाख्रा, खुकुरा, हाँस, सुँगुर लगायतका पशुपन्छी समेत पाल्दैनन् । माछामासुको विकल्पका रूपमा दही, दुध, घिउ, मिठाई खाने गरेकाले यादव समुदायले भैँसीपालन गर्ने गरेका छन् ।
आफ्नो समुदायमा पशुपन्छीको हत्या गर्नु पाप गर्नुसरह रहेकाले माछामासु खान गाउँमा बर्जित रहेको भन्दै उहाँले भन्नुभयो, “हामी साìिवक भोजनमा विश्वास गर्छौं, पशुपन्छीको हत्या मानव धर्मको विपरीत हो ।”
स्थानीय विनिता यादवले साìिवक जीवनशैली अपनाउँदै आएको यादव समुदाय मासुजन्य वस्तुबाट प्राप्त हुने प्रोटिन लगायतका भिटामिन दाल, गेडागुडी, दुध, दही र फलफूल खाएर प्राप्त गर्ने गरेको बताउनुभयो । माछामासु नखाने गरेकै कारण यादव समुदायका घरमा दही, दुध, घिउ अनिवार्य जस्तै हुने गर्छ । उहाँले भन्नुभयो, “दही, दुधकै कारण यादव समुदायको मुख्य पेसा भैँसीपालन भएको छ ।”

परापूर्वकालदेखि चल्दै आएको रीतिलाई नयाँ पुस्ताले अनुशरण गरेकै कारण समुदाय अहिलेसम्म शाकाहारी भएको उहाँको भनाइ छ । यादवका अनुसार स्थानीयले दसैँतिहारलगायतका चाडपर्वसँगै गाउँमा हुने विवाह भोजलगायतका कार्यव्रmममा समेत दही, दुधबाट बनेका परिकार, रोटीसँगै फलपूmल खाने गर्दछन् ।
प्रतापपुरका अर्का स्थानीय अगुवा डिल्ली यादवले धार्मिक आस्थासँगै आफ्नो परम्पराका कारण बिरामी पर्दा चिकित्सकले शरीरमा पौष्टिक तìव बढाउन माछामासु, अन्डा खान आग्रह गर्दासमेत आपूmले खान नसकेको बताउनुभयो । उहाँले दुई वर्षअघि आफू बिरामी परेर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुँदा शरीरका लागि आवश्यक पौष्टिक तìवका लागि माछामासु, अन्डा खान आग्रह गरेको तर सानैदेखि नखाएका कारण आफूले खान नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सानैदेखि माछामासुसँगै मदिराजन्य पदार्थ खानु हुँदैन भन्ने मान्यताले होला त्यसपछि रहर नै लाग्दैन । हाम्रो मात्र होइन, बालबालिकाले पनि खाँदैनन् ।” उहाँका अनुसार सो गाउँमा मदिरा कसैले खाँदैनन भने गाउँभरि मदिराजन्य पदार्थ बिव्रmी गर्नसमेत निषेध गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















