चितवन, ५ असोज : शुक्रबार साँझदेखि पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको छ । मुग्लिन नजिक तुइनखोलामा सुख्खा पहिरो आएपछि शुक्रबार साँझदेखि नै सडकमा हजारौँ गाडी र यात्रु जाममा परेका छन् ।
भरतपुर डिभिजन सडक कार्यालयले चालकहरूलाई लेन अनुशासनमा रहेर गाडी चलाउन अपिल गरेको छ । पहिरो सफा गरे पनि सो क्षत्रमा ढुंगा झर्ने जोखिम कायमै छ ।
तत्कालका लागि एकतर्फी गाडी सञ्चालन गर्ने र अस्तिदेखि नै रोकिएका गाडीहरू पार गराएपछि दुईतर्फी बाटो खोल्ने योजना रहेको डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिएका छन् ।