09/12/2025, 14:17:10
शुक्रबार, भदौ २७, २०८२

रुपन्देहीमा हट्यो कर्फ्यु, जनजीवन क्रमशः सामान्यतर्फ


सिद्धार्थनगर, भदौ २७ : रुपन्देहीमा केही दिनदेखि जारी कर्फ्यु शुक्रबार बिहानबाट हटाइएपछि जनजीवन सामान्य बन्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिनयता लागू गरेको निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाएसँगै अवस्था सामान्य बन्न लागेको हो । प्रशासनले शुक्रबार बिहानसम्म कर्फ्यु आदेश लागू गरेको थियो ।

अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिनुभयो । जिल्लामा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

कर्फ्यु हटेसँगै बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले आवश्यकता परेमा पुनः कडाइ गरिने बताउनुभयो । रुपन्देहीमा आज शान्ति र्याली समेत निकालिएको छ ।