नेपालगन्ज, भदौ १ : स्वास्थ हब बन्दै गएको बाँके जिल्लामा नयाँ नयाँ अत्याधुनिक अस्पताल खुल्ने क्रम जारी रहेको छ । सोही क्रममा जिल्लाको कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एण्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा सुरु गरेको छ ।
यस क्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा सञ्चालनमा ल्याइएको सो अस्पतालले यसक्षेत्रका महिलाहरुको स्वास्थ्यमा सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने जनाइएको छ ।
कोहलपुर नगरपालिका– ११ मा स्थापना भएको सो अस्पतालले महिलासँगै अन्य स्वास्थ्य सेवा समेत प्रवाह गर्ने भएकाले यहाँका नागरिकहरुको स्वास्थ्यमा सहज पहुँच हुने डा.विसीले बताउनुभयो । उहाँले खासगरी महिलालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने र अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो ।
अस्पतालमा २४ सैं घण्टा इमरजेन्जी सेवासँगै ओपिडी, आइसीयू, एनआइसीयू, एचडियू, कम्प्रेन्सिभ मेटिनेटी केयर, मोर्डन अप्रशेन थियटर, आफ्नै फार्मेसी लगायतको सेवा सुविधा रहेको छ । सो अस्पतालमा डा.विसीसँगै युरोलोजिष्ट डा.नरेशमान श्रेष्ठ, अर्थोपेडिक सर्जन डा.प्रतिक कार्की, ग्याष्ट्रोइन्टेरोलोजी सर्जन डा.प्रदिप थापा, बालरोग विशेषज्ञ डा. विवेक शाह र डा.सन्जय रिसाल लगायतले सेवा दिनुहुनेछ ।
कोहलपुरमा अत्याधुनिक एच.एण्ड.एच अस्पताल खुलेसँगै स्वास्थ्य क्षेत्रमा नागरिकहरुले थप सहज सेवा पाउने विश्वास गरिएको छ ।