१५ साउन, तिलोत्तमा : रुपन्देहीको सिद्धार्थनगरमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-५ मा रहेको उक्त सहकारीका सेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १ सय ६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा केसी पक्राउ परेका हुन् ।
दोलखाको मेलुङ गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसी बुधबार साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बताए ।
सहकारी ठगी तथा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएपछि गत वैशाख २० गतेदेखि उनी फरार थिए । उनलाई प्रहरी वृत्त थिमि भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ बाट पक्राउ गरिएको डीएसपी सापकोटाले बताए । केसीलाई थप अनुसन्धनका लागि अदालतमा पेस गरिएको छ ।