07/08/2025, 16:49:23

ट्राफिक प्रहरीलाई ‘सनग्लास’


काठमाडौँ, २४ असारः काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको आँखा धुवाँधुलो तथा घामबाट जोगाउन नेपाल नेत्रज्योति सङ्घले चश्मा (सनग्लास) प्रदान गरेको छ । सङ्घले अमेरिका स्थित ‘ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन’ को सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई एक हजार ८०० थान चश्मा सोमबार हस्तान्तरण गरेको हो ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई चश्मा हस्तान्तरण गर्नुभयो । सो अवसरमा अध्यक्ष प्राडा पन्तले भन्नुभयो “ बढी समय धुवाँधुलो र प्रत्यक्ष प्रकाशको किरणमा खटी नागरिकलाई सेवाप्रवाह गरिरहनुभएका ट्राफिक प्रहरीमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकाले उहाँहरूको आँखाको सुरक्षाका लागि चश्मा वितरण गरिएको हो ।”

उहाँले नेपालमा पछिल्लो समय हुने गरेका सडक दुर्घटना न्यूनीकरणका लागि पनि सवारी चालकहरूको नियमित आँखा परीक्षण गरिनुपर्ने कुरामा जोड दिँदै उक्त कार्यमा सङ्घलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले ट्राफिक प्रहरीको समस्या बुझी उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीहरूका लागि चश्मा हस्तान्तरण गरेकामा सङ्घ र ह्याल्पिङ ह्यान्डलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सङ्घका महासचिव भरतबहादुर चन्दले दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन र नागरिकको सुरक्षामा निरन्तर सेवा प्रवाह गर्नुहुने ट्राफिक प्रहरीका लागि गत वर्ष पनि चश्मा हस्तान्नरण गरिएको जनाउँदै यो सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा सङ्घका कोषाध्यक्ष चिजकुमार मास्के, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतहरूको पनि उपस्थिति थियो ।

नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घअन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिनुभयो । सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading