सोमबार, पुष ०८, २०८१

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य


३१ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको चालु अधिवेशन राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचना उल्लेख छ ।

संविधानको धारा १३८ (२) अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य भएको सूचनामा भनिएको छ । सोमबार बिहान बसेको प्रदेश सरकारको बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading