06/22/2025, 14:09:45

कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ लोकार्पित


काठमाडौँ, ८ असारः कवि युवराज अधिकारीको कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ ।

उक्त कृतिको आज आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गर्नुभयो । एपेके नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कवि अधिकारीले लोकार्पित कविता सङ्ग्रहका कविता पनि वाचन गर्नुभएको थियो ।

कलाकार दिनेश डिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा पर्यटनमन्त्रीसहित कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि अधिकारीका बारेमा बोल्नु हुँदै उहाँका केही कविता पनि प्रस्तुत गर्नुभएको थियो ।

लोकार्पित सङ्ग्रहभित्रको आमा शीर्षकको कवितालाई रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारले नाटकका रुपमा गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ