04/19/2025, 15:35:06

फेसबुकमा फ्यास्स लेख्दा पार्टीमा अनावश्यक समस्या आउँछ : प्रधानमन्त्री ओली


काठमाडौँ, ५ चितवन : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा सदस्यले फेसबुकमा लेख्दा पार्टीमा अनावश्यक समस्या आउने बताएका छन् । पार्टीको भरतपुर महानगर समितिको शुक्रबार दोस्रो अधिवेशन उद्घाटन गर्दै ओलीले फेसबुकमा जे पायो त्यही लेख्दा समस्या हुने बताएका हुन् ।

पार्टीका पक्षमा बोल्ने लेख्नेभन्दा पनि कतिबेला के मन लाग्छ त्यही कुरा फेसबुक स्टाटसमा फ्यास्स राख्ने कुरा समस्या बन्दै गएको छ,’ ओलीले भने । उनले कमिटी पद्धति र अनुशासनमा नबस्ने कुराले पनि समस्या ल्याएको बताए । ‘समस्या जनतामा हामी पुग्ने कुराको कमी हुनुमा छ । पार्टीको विचार लिएर एकताबद्ध भएर जनतामा जाने कुरामा कमी छ,’ ओलीले भने ।

उनले पार्टीको विरोध गर्नेहरू एउटै ल्यापटप लिएर एउटै मान्छेले सामाजिक सञ्जालमा हजारौँ आक्रमण गरिराखेको पनि बताए । ‘यो एआईको जमाना हो । यो जमानामा यस्ता खेलहरू हुन्छन् । पाँच/सात जना बसेर त्यहाँबाट कम्प्युटरको खेल मात्र भएको छ । पैसा विदेशी, खेल विदेशी काम गर्ने कारिन्दा यहाँका मात्रै भएका हुन्,’ ओलीको भनाइ थियो । उनले एकता, एकीकरण गर्दै पार्टीलाई लगभग दुई तिहाईको अवस्थामा पुर्‍याएको बताए । ‘तर मतिभ्रष्टहरूले पटक-पटक पार्टी फुटाए, अहिले उनीहरू पुपुर्रोमा हात राखेर बसेका छन्,’ ओलीले भने ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ