04/07/2025, 20:04:08

रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार चलान


२५ चैत, रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार लगिएको छ । जिल्ला अदालतमा पेस गरेर थुनुवा पूर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ परीक्षण गरिँदै छ । स्वास्थ परीक्षण सकिएपछि उनलाई कारगार भित्र राखिने जेलर सुरेश भण्डारीले बताए ।

शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ