साउन २०, काठमाडौं । अजय देवगन स्टारर बलिउड फिल्म ‘और मे कहाँ दम था’ ले बक्सअफिसमा औसत व्यापार गरेको छ। यस फिल्मले दुई दिनमा ४ करोड १५ लाख भारतीय रुपैयाँ कमाई गरेको छ। गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन २ करोडको ओपनिङ गरेको थियो।
त्यसैगरि, शनिबार फिल्मले २ करोड १५ लाख भारु कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन्। आइतबार बिदा भएकाले ३ करोड कमाउन सक्ने अनुमान गरिएको छ।
अजयसहित तब्बु मुख्य भूमिकामा रहेको यस फिल्मको समीक्षा र माउथ पब्लिसिटी राम्रो छैन। जसको प्रभाव व्यापारमा परिरहेको छ। एक सय करोड भारुमा बनेको यो फिल्म पनि बक्सअफिसमा कमजोर साबित हुने निश्चित छ।
नीरज पाण्डे निर्देशित यो फिल्म एक्सन, रोमान्स ड्रामा जनरामा बनेको हो। यस फिल्ममा अजय र तब्बुसहित जिमी शेरगिल, सई मांजरेकर र शान्तनु महेश्वरी मुख्य भूमिकामा छन्।
यो वर्ष अजयको लागि फलिफाप हुन सकिरहेको छैन। गत मार्चमा रिलिज भएको उनी अभिनित फिल्म ‘शैतान’ सुखद व्यापार गरेपनि ‘मैदान’ असफल रह्यो। साढे २ सय करोडमा बनेको यस फिल्मले भारतमा जम्मा ५० करोड कमाएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







