सोमबार, चैत ०३, २०८१

बालीको बिमा गराउन सांसदको माग


काठमाडौँ, ३ चैतः सांसद हितराज पाण्डेले गत फागुन २८ र २९ गते गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति भएको बताउनुहुँदै क्षतिको तथ्याङ्क सङ्कलन गरी संसद्मा जानकारी गराउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले किसानको बालीको बिमा गराउन माग समेत गर्नुभयो ।

सांसद रामहरि खतिवडाले सभामुखको दाहिनेतिर राखिएको क्यामेरा बिग्रिएकाले मर्मत गर्न माग गर्नुभयो । सांसद मनीष झाले विसं २०८० भदौ ५ गतदेखि झापाको सुरुङगास्थित नेपाल टेलिकमको कार्यालयका लेखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता रहेको बताउनुहुँदै सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त घटनाको शीघ्र अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत उहाँले माग गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ