सोमबार, माघ २१, २०८१

सन्दीप बोहोराको कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक


काठमाडौँ, २१ माघः लेखक तथा कवि सन्दीप बोहोरा क्षेत्रीको कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरिएको छ ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर ‘देव डी प्रोडक्सन’ले आज सो सङ्ग्रह बजारमा ल्याएको हो । सङ्ग्रहमा ८७ कविता रहेका क्षेत्रीले जानकारी दिनुभयो । उहाँले समाजमा देखेका विषय र आफ्ना भोगाइलाई समेटेर कविता सङ्ग्रह तयार गरेको बताउनुभयो ।

विसं २०७२ देखि नै कविता लेख्ने गरेता पनि पाँच वर्षयता लेखेका कवितालाई समेटेर पहिलो सङ्ग्रह प्रकाशन गरिएको क्षेत्रीले जानकारी दिनुभयो । काम पूरा गर्ने वा हार नमान्ने अर्थ लाग्ने ‘अपरावर्ती’ मा आफ्नो जीवनको भोगाइ रहेको कवि क्षेत्रीले बताउनुभयो । “यो एउटा सङ्घर्षरत व्यक्तिको भोगाइलाई कवितामार्फत व्यक्त गरिएको भावना हो । जसले जीवनमा हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेका छन्”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading