सोमबार, माघ २१, २०८१

प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री चेतनारायण आचार्य


लुम्बिनी, २१ माघः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सेवा प्रदान गर्न सफल भएको दाबी गर्नुभयो ।

विगत सात वर्षमा सङ्घीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामीले महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशको आफ्नै प्रशंसनिक संरचना, विकास मोडेल, जनअपेक्षा पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्दछु ।”  स्थापनाको आठौँ वार्षिकोत्सव मनाउँदै गर्दा प्रदेश सरकार आम नागरिकको भरोसाको रुपमा स्थापितहुन सफल भएको र यसले प्रदेशवासीमा उत्साह थपेको बताउनुभयो ।

प्रदेश सरकार नागरिकको विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपनालगायत साझा सरोकारका मुद्दामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको बताउनुभयो । राजनीतिक अस्थितरताको अन्त्यगरी समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्यहासिल गर्न सरकार प्रतिबद्ध रहेको भनाइ उहाँको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । आज आठौँ स्थापना दिवस उत्सवको रुपमा मनाउन थालेको हो । प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading