आइतबार, माघ ०६, २०८१

आईएमडीबीको बहुप्रतीक्षित फिल्मको सूचीमा ‘सिकन्दर’ पहिलो स्थानमा


सन् २०२५ सुरु भइसकेको छ । दर्शक यस वर्ष प्रदर्शन हुने फिल्मको प्रतीक्षामा छन् । गत वर्ष ‘पुष्पा २’, ‘कल्की २८९८ एडी’, ‘आवेशम’, ‘मुन्ज्या’ र ‘स्त्री २’ जस्ता ब्लकबस्टर फिल्मले बक्स अफिसमा धमाका मच्चाए । सन् २०२५ झनै विस्फोटक हुने प्रक्षेपण गरिएको छ ।

आईएमडीबीले यस वर्षका २० प्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ, जसलाई लिएर उत्सुकतापूर्वक प्रतीक्षा छ । यी फिल्मले पनि बक्स अफिसमा हलचल मच्चाउने अपेक्षा छ । सूचीमा इदमा रिलिज हुने सलमान खानको ‘सिकन्दर’ देखि यशको ‘टक्सिक’ सम्म सामेल छन् ।

सिकन्दर

सिकन्दर’ लाई एआर मुरुगादासले निर्देशन गरेका हुन् । यसमा सलमान खानको अपोजिटमा रश्मिका मन्दाना छिन् । टिजर २७ डिसेम्बर २०२४ मा सलमानको जन्मदिनमा रिलिज गरिएको थियो । ‘सिकन्दर’ यसै वर्षको इदमा रिलिज हुँदैछ ।

टक्सिक

केजीएफ’ मा रकी भाइले चिनिएका अभिनेता यशको ‘टक्सिक’ घोषणा भएदेखि नै दर्शक पर्खाइमा छन् । यश पछिल्लो पटक सन् २०२२ मा ‘केजीएफ २’ मा देखिएका थिए । त्यसपछि उनी ‘टक्सिक’ मा व्यस्त थिए । यो फिल्म १० अप्रिलमा रिलिज हुनेछ । फिल्ममा साई पल्लवीको पनि अभिनय छ ।

कुली

रजनीकान्तको ‘कुली’ आईएमडीबीको बहुप्रतीक्षित फिल्मको सूचीमा तेस्रो स्थानमा परेको छ । यसमा शिवकार्तिकेयन, नागार्जुन अक्किनेनी र श्रुति हसनले अभिनय गरेका छन् । यो फिल्म मे १ मा रिलिज हुँदैछ ।

सूचीमा त्यसपछि क्रमश:  हाउसफुल ५, बागी ४, द राजा साहब, वार २, एल २ : एम्पुरान, देवा, छावा, कनप्पा, रेट्रो, ठग लाइफ, जाट, स्काइ फोर्स, थामा, कान्तारा : अ लिजेण्ड च्याप्टर १, अल्फा र थांडेल  समावेश छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading