काठमाडौँ, १६ पुस : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ मा सरोकारवालासँगको छलफल भएको छ ।
आज भएको छलफलमा समितिका सदस्यहरूले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको र थप छलफल अझै गर्नुपर्ने बताउनुभएको थियो । समितिकी सभापति तुलसाकुमारी दाहालले भन्नुभयो, “दफावार छलफल गर्न बाँकी छ । विधेयक सकारात्मक छ भन्ने सबैको सहमति छ । विश्वविद्यालय निरन्तर सञ्चालन हुने वा नहुनेमा भने हाम्रो चासो हो ।”
तिलगङ्गा प्रतिष्ठानका पदाधिकारीसँग भएको छलफलमा तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत डा रीता गुरूङलले तिलगङ्गा प्रतिष्ठानको ३० वर्षे इतिहासमा यहाँसम्मको यात्रा तय गर्नुमा व्यवस्थापनको हात रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संस्था राम्ररी चल्न व्यवस्थापन समूहको ठूलो हात हुन्छ । व्यवस्थापकीय ढाँचा राम्रो बनाउन सकियो भने पक्कै पनि विश्वविद्यालय पनि राम्ररी सञ्चालन हुनेछ ।”

तिलगङ्गाका प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनालले तिलगङ्गासँग जग्गा र स्रोत जुटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग ७० रोपनी जग्गा छ । बाँकी खोजीमा छौँ । दाताहरूले दिन्छौँ भनेर पक्का आश्वासन दिइसक्नुभएको छ । जग्गाले सरकारले तोकेको मापदण्ड हामी पूरा गर्न तयार छौँ ।”
उहाँका अनुसार विश्वविद्यालय सञ्चालनमा समस्या हुने छैन । खनालले भन्नुभयो, “१० वर्षको तथ्याङ्क हेर्ने हो भने संस्था सञ्चितिमै चलिरहेको छ । अहिले हामीसँग जति सञ्चिति बचत छ त्यो केही वर्षका लगि पुग्छ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









