देउखुरी (दाङ), १५ पुसः नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । सोहीअनुसारको शिक्षण गर्न उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
घोराही उपमहानगरपालिका–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनाको ६७ औँ वार्षिकोत्सका अवसर उहाँले परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनाएको बताउनुभयो । हरेक विद्यालयले प्राविधिक धारको शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई सीपयुक्त बनाउन जरुरी रहेको उहाँको भनाइ थियो
“एउटा समय थियो, जति बेला हामीले राज्य सञ्चालनका लागि सरकारी सेवामा सहभागी हुने मानिस नहुँदा भारतबाट जनशक्ति मगाएर सरकारी सेवा दिनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो । अब विश्व बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















