सोमबार, पुष ०८, २०८१

‘पुष्पा २’ सबैभन्दा छिटो अग्रिम बुकिङ गर्ने फिल्मको सूचीमा, पहिलो दिनमै ९ करोड


काठमाडौँ, १६ मङ्सिरः आउँदो बिहीबारदेखि ‘पुष्पा २’ विश्वव्यापी प्रदर्शन तयारीमा छ । भारतसहित कतिपय देशका हलले अग्रिम टिकट बिक्री थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले त्यहाँ अग्रिम टिकट बिक्रीबाट २४ घण्टामै ७.८ करोड भारु कमाएको छ ।

फिल्मलाई लिएर दर्शकमा जुन क्रेज देखिन्छ, त्यो अग्रिम बुकिङमा प्रष्ट देखिन्छ । हिन्दी लगायतका अन्य भाषामा पनि बुकिङ सुरु भएको छ । अग्रिम टिकट बिक्रीको केही घण्टामै भारतमा ५५ हजारभन्दा धेरै टिकट बिक्री भएको थियो ।

स्याकनिल्कका अनुसार, भारतभर फिल्मका ८ करोड ८१ लाख टिकट बिक्री भइसकेको छ । यसअनुसार, ‘पुष्पा २’ ले पहिलो दिनको अग्रिम बुकिङबाट ८.८ करोड भारु कमाएको छ । जबकि फिल्म रिलिज हुन अझै चार दिन बाँकी छ । अग्रिम बुकिङ र कलेक्सनका हिसाबले यसले ‘बाहुबली २’ र केजीएफ २’ को रेकर्ड तोड्न सक्ने अनुमान छ । ‘बाहुबली २’ ले अग्रिम बुकिङबाट १०० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको थियो । ‘केजीएफ २’ ले पहिलो दिनमै ८० करोड कमाएको थियो ।

‘पिंकभिल्ला’को रिपोर्टअनुसार १० घण्टामा मात्र ‘पुष्पा २’ को ५५ हजारभन्दा बढी टिकट बिक्री भएको छ । यसरी यो फिल्म हिन्दी फिल्मको सबैभन्दा छिटो अग्रिम बुकिङ गर्ने फिल्मको सूचीमा परेको छ । बिहार, गुजरात, आसाम र छत्तीसगढमा टिकट तीव्र गतिमा बिक्री भइरहेको छ ।

सबैभन्दा धेरै टिकट हिन्दी संस्करणमा बिक्री भएको छ । हिन्दीको टुडी संस्करणका लागि १२ हजार ४१३ टिकट र थ्रीडी संस्करणका लागि ४३ हजार १८१ टिकट बिक्री गरेको छ । तेलुगुमा टुडीको ९७ हजार १९६ र थ्रीडीको १४६९ टिकट बिक्री भएको छ । यसरी यसले हिन्दी भाषाको लागि अग्रिम बुकिङबाट ४.९ करोड रुपैयाँभन्दा बढी र तेलुगु भाषाका लागि २.८ करोड भारुभन्दा बढी कमाएको छ ।

स्याकनिल्कले फिल्मको ओपनिङ डेको कलेक्सनको समेत प्रक्षेपण गरेको छ । जसअनुसार फिल्मले विश्वव्यापी ३०० करोड भारु (भारतमा २३३ करोड र विदेशमा ७० करोड भारु) कमाउन सक्छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading