२ भदौं, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘खेल खेल में’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा ११ करोड ५ लाख भारू कमाएको छ।
५ करोड २३ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २ करोड ४२ लाख र तेस्रो दिन ३ करोड ४० लाख भारू कमाएको हो। यो फिल्म सन् २०१६ मा रिलिज भएको फिल्म परफेक्ट स्ट्रेन्जर्सको हिन्दी संस्करण हो। फिल्ममा एक खेलले कसरी मानिसको जीवनमा प्रभाव पार्छ भनेर देखाएको छ।

मुदस्सर अजीजले निर्देशन गरेको फिल्ममा अक्षयसँगै वाणी कपूर, एमी विर्क, तापसी पन्नू, फरदीन खानलगायत कलाकारको अभिनय छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








