१६ फागुन, काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कम्पनीका बिमितहरूले भुक्तानी गर्नुपर्ने नवीकरण बिमा शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले २५ औं वर्षमा प्रवेश गरेको अवसरमा उक्त योजना ल्याएको जानकारी दिए ।
कम्पनीका अनुसार नवीकरण बिमा शुल्क भुक्तानी नगरी १ सय ८० दिनभन्दा माथि व्यतीत भएका बिमालेखमा फागुन १५ देखि २०८२ को जेठ १३ सम्म नवीकरण बिमा शुल्क भुक्तानी गरी सुचारु गरेमा ५० प्रतिशत छुट हुनेछ ।