03/31/2025, 14:57:05

‘कृष-४’ अब ऋतिकले नै निर्देशन गर्ने


१५ चैत, काठमाडौं : निकै समयदेखि फिल्म ‘कृष–४’ निर्देशकको टुंगो लागेको थिएन । अब फिल्मलाई अभिनेता ऋतिक रोशनले निर्देशन गर्ने भएका छन् । ‘कृष’ फ्रेन्चाइजका मुख्य अभिनेता रहेका ऋतिकले अब निर्देशनको जिम्मेवारी पनि सम्हाल्ने भएका हुन् ।

ऋतिकका बा तथा चर्चित निर्देशक राकेश रोशनले सामाजिक सञ्जालमार्फत भावुक पोस्ट लेख्दै यसबारे पुष्टि गरे ।

राकेश रोशनले लेखेका छन्, ‘डुग्गू (ऋतिक रोशन), २५ वर्षअघि मैले तिमीलाई अभिनेता बनाएको थिएँ । आज पुनः २५ वर्षपछि तिमीलाई आदित्य चोपड़ासँग मिलेर हाम्रो सबैभन्दा महत्त्वाकांक्षी फिल्म ‘कृष ४’ निर्देशनका लागि अगाडि बढाइरहेको छु । शुभकामना र आशीर्वाद! नयाँ भूमिकामा तिमीलाई सफलताको शुभकामना।

‘कृष ३’ सन् २०१३ मा रिलिज भएको थियो । केही समय अघि बलिउड सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा राकेश रोशनले यसबारे केही संकेत पनि गरेका थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ